कतारमा सोनाम ल्होछारको तयारी तीब्र, आइडल बुद्ध लामाको भब्य प्रस्तुति हुने

कतार /मन्जुश्री सम्बत २८५६ सोनाम ल्होछार भब्य बनाउने तयारीमा नेपाल प्रवासी तामाङ समाज कतार जुटेको छ । ल्होछार बृहत साँस्कृतिक कार्यक्रमका लागि सबै तयारी पुरा भएको कार्यक्रम सह-संयोजक सुबास तामाङले जानकारी दिनुभयो ।

२४ जनवरीमा हुने उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित प्रथम नेपाल आइडल बुद्ध लामा, चर्चित सेलो गायक सन्जिव वाइबा तामाङ, चर्चित सेलो गायिका अन्जु लामा तामाङ र चर्चित म्हेन्दोमाया गायक राम गोम्जा तामाङको बेजोड प्रस्तुति रहने र तामाङ समाज कतारको सक्रिय कलाकार हरु द्वारा तामाङ समुदायको संस्कृति झल्किने खालको नाचगान समेत हुने आयोजक समितिले जनाएको छ ।

कतार स्थित रमणीय स्थान अम्वाज क्याम्प-२ मिसाइद मा हुने सो कार्यक्रम बिहान ठिक १० बजेबाट औपचारिक कार्यक्रम शुरु हुनेछ ।

गौतम तामाङको संयोजकत्वमा सम्पन्न हुने उक्त कार्यक्रममा नेपाली दर्शक हरुको यातायात समस्या लाई मध्यनजर गर्दै कतारको विभिन्न स्थान बाट आवातजावत को लागि नि:शुल्क यातायातको ब्यबस्था समेत गरिने बताएको छ ।