तमु समाज कतारको आयोजनामा तमु ल्होसार महोत्सव तथा स्योकैं कार्यक्रम सम्पन्न

तमूहरुको महान पर्व च्यु–तमु ल्होसारको शुभ अवसरमा तमु (गुरुङ) समाज कतारको आयोजना मा ल्होसार महोत्सव तथा स्योकैं कार्यक्रम २०१९ भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाल बाट आमन्त्रित अतिथि कलाकारहरु मोडेल तथा गुरुङ चलचित्रकी नायिका इन्दु गुरुङ, लोक दोहोरी तथा चुड्का गायक पृथ्वी गुरुङ र लोक दोहोरी गायिका सुनिला गुरुङको विशेष उपस्थितिमा तमु साँस्कृतिक परिवारका स्थानीय कलाकारहरुले तमु संस्कार संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल प्रवासी तामाङ समाज कतारले तामाङ समुदायको संस्कृति झल्किने ताम्बा गित सहित तमु ल्होसार को शुभकामना दिएका थिए ।
तमु समाज कतारका अध्यक्ष भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएन एनसीसी मध्यपूर्व सचिव आर के शर्मा प्रमुख अतिथीको रुपमा रहनु भएको थियो भने कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
यस्तै कार्यक्रममा कान्तिपुर मेडिक सेन्टर दोहा, कतार बाट निःशुल्क साधारण स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।