जुम्लाको आयुर्वेद औषधालयमा छैन औषधि, रित्तै हात फर्कदै बिरामी

जुम्ला, ३ पुस
जुम्ला आर्युवेद औषधालयमा औषधि नहुँदा कर्णाली प्रदेशका जुम्ला, मुगु, कालिकोट, डोल्पा लगायत जिल्लाबाट आउने बिरामी समस्यामा पर्ने गरेका छन् । औषधालयमा ६ जना कर्मचारी छन्, तर उनीहरुको काम कार्यालय खोल्ने र बन्द गर्ने मात्रै भएको छ । औषधालयमा ग्याष्ट्रिक, पायल्स बाथ रोग, रागन र नसा सम्बन्धि रोग बाट पिडित बिरामिको उपचार हुँदै आएको छ । तर औषधि अभावले जुम्ला आर्युवेद औषधालयको सेवा एक महिना यता ठप्प छ । टाढा टाढा बाट उपचारका लागि आउने गरेको बिरामी रित्तै फर्कने गरको औषधालयका वैद्य सुमित्रा आचार्यले बताउनुभयो । पहिले बिरामीले भरिभराउ हुने औषधालय अहिले सुनसान छ । बिरामी भएर औषधालय पुगेपनि बिरामीले औषधि पाउँदैनन् । पहिले दिनमा सरदर ५० जना बिरामिले सेवा लिने गरेको भएपनि अहिले महिना भरिमा ५० जना बिरामी पनि पुग्दैनन । औषधालयमा रहेका ६ जना कर्मचारिको हाजिर लगाउने काम मात्रै भएको छ । गत आर्थिक वर्षदेखि अहिलेसम्म औषधि खरिद भएको छैन । भर्खरै मात्र जनस्वास्थ्य कार्यालय सँग औषधालय गाभिएको हुँदा औषधि खरिदमा ढिलाई भएको जनस्वास्थ्य कार्यालय प्रमुख प्रेम केसिले बताउनु भयो । औषधि खरिद गरि औषधालयलाई पुरानै गतिमा पु¥याउन जनस्वास्थ्य कार्यालय र स्थानीय तहले चासो देखाउनुपर्ने नागरिकले बताएका छन् ।