लायन्स क्लबहरुको आयोजनामा भोलि शनिबार आबुखैरेनीमा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने

आबुखैरेनी, २७ मंसिर
तनहुँको आबुखैरेनीमा भोलि शनिबार बृहत् नि:शुल्क स्वास्थ शिविर हुने भएको छ । आबुखैरेनिमा रहेको विभिन्न ४ वटा लायन्स क्लबहरुको आयोजनामा आबुखैरेनीको स्वास्थ चौकिमा शिविरको आयोजना हुन लागेको हो । शिविर आयोजना गर्ने क्लवहरुमा लायन्स क्लव अफ आबुखैरेनी, लायन्स क्लव अफ आबुखैरेनी सिटि, लायन्स क्लव अफ आबुखैरेनी अकला र लायन्स क्लव अफ आबुखैरेनी स्टार रहेका छन भने आबुखैरेनी गाउँपालिकाले सहकार्य तथा लियो क्लव अफ आबुखैरेनी लियो र क्लव अफ आबुखैरेनी सिटिले सहयोगी भुमिका निर्वाह गर्ने भएको छ । शिविरमा वालरोग, स्त्रीरोग, आँखा परिक्षण, नाक कान घाँटी परिक्षण, दन्त रोग, छाला रोग, हाडजोर्नी तथा नशा रोगको विषेशज्ञहरु द्वारा स्वास्थ परिक्षण हुने लायन्स क्लव अफ आबुखैरेनीका अध्यक्ष गोबिन्द अधिकारीले जानकारी दिनुभयो । शिविर बिहान ८ बजेदेखी साझ ५ बजेसम्म चल्नेछ ।