नवलपुर बुलिङटारका ग्रामीण भेगका बिरामीको लागि निःशुल्क स्वास्थ्य शिविर

मंसीर २६, बुलिङटार
नवलपुर जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर ४, अर्खलामा ग्रामिण भेगका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
बुलिङटार गाउंँपालिका, गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपाल र स्वास्थ्य दर्पण मिडीया नेटवर्कको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा हाडजोर्नी तथा नशा , स्पाइनल, छाला,मुटु मृगौला , मधुमेह , फोक्सो , पेट सम्बन्धीको उपचार गरिएको गंगा फाउण्डेशनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहांँका अनुसार करीब तीनसय जना बिरामीले सेवा लिएका थिए । उक्त शिविरमा हाडजोर्नीका १सय २० जना, छालाका ८० जना , बांँकी १ सय जनाले मृगौला , मुटु फोक्सो , पेट रोगको स्वास्थ्य परीक्षण गराएका थिए ।
सो शिविरमा छालाको क्यान्सर , एलर्जी,लुतो, दाद , जोर्नी खिइएका, पक्षघात, फोक्सो , मधुमेह पेट उच्च रक्तचापका विरामी बढी देखिएको उपचारमा संलग्न चिकित्सहरुले जानकारी दिए ।
शिविरमा भरतपुर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग बिशेषज्ञ डाक्टर शशी हिराचन, वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर श्रबणकुमार थापा, वरिष्ठ फिजिसियन डाक्टर प्रमोद पौडेल र फिजियोथेरापिष्ट लाल गोविन्द श्रेष्ठ लगायतले सेवा दिएका थिए । बिरामीका लागि आवश्यक औषधि
देउराली जनता फर्मास्युटिकल्स , काठमाडौले सहयोग गरेको थियो ।
सो क्रममा बोल्दै गाउंँपालिकाका स्वास्थ्य संयोजक तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार श्रेष्ठले यस्ता खाले बिशषेज्ञबाट प्रदान गरिने सेवाले गाउंँ र शहरलाई जोड्न पुलको काम गरेको बताए । गाउंँपालिकाका अन्य वडामा क्रमिक रुपमा शिविरको आयोजना गरिने फाउण्डेसनका अध्यक्ष श्रेष्ठको भनाई छ । अर्खला स्वास्थ्य चौकीका प्रमुख टोक बहादुर सुस्लिङले स्वागत मन्तव्य राखेको कार्यक्रमको गाउंँपालिकाका अध्यक्ष शशी किरण बस्ताकोटीको सभापतित्वमा सम्पन्न भएको थियो ।