रोल्पाका शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार

काठमाडौं, ७ कार्तिक

चाहना मिडिया प्रालिले आयोजना गरेको नेपाल लोक स्टारको उपाधि  शनि विश्वकर्माले उचालेका छन् ।

विजेताले करसहित नगद ५० लाख रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् ।

प्रतियोगिताका दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्राप्त गरेका छन् । एपी वान टेलिभजनमा प्रशारण हुँदै आएको प्रतियोगिता फागुन १६ देखि सुरु भएको हो ।

१७ वर्षीय उनी पनि लोक स्टारका गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । विश्वकर्माले थुप्रै चुनौतीका बाबजुत सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन् ।