मृगौला पिडित नुवाकोटकी आयुष्मा गुरुङको उपचारका लागि सहयोग संकलन सुरु

काठमाण्डौ, २९ असोज
मृगौला रोगबाट पिडित नुवाकोटकी २२ वर्षिया आयुष्मा गुरुङको उपचारार्थ सहयोग संकलन कार्य सुरु भएको छ । ङोलो ङोलोस्यो समाज काठमाण्डौले पिडित गुरुङको उपचारको लागि देश विदेशमा सहयोग संकलन सुरु गरिएको हो । समाजले देश विदेशमा रहेका नेपालीहरुसँग सामाजिक सञ्जालमा सहयोगको अपिल गर्दै रकम संकलन सुरु गरिएको समाजका कोषाध्यक्ष राजाराम गुरुङले जानकारी दिनुभयो । पिडित गुरुङ नुवाकोट जिल्ला शिवपुरी गाउँपालीका वडा नः ४ स्थायी घर भई हाल अस्थायी रुपमा काठमाडौं बस्दै आएकी थिईन् । उनको विगत एक साल देखि दुबै मिर्गौला फेल भएको थियो। उपचारको क्रममा रहेकी पिडित गुरुङ्ग मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् तर आर्थिक अवस्था कमजोर रहेकोले मृगौला प्रत्यारोपण गर्न मृगौला दान गर्ने पारिवारिक व्यक्ति भए पनि प्रत्यारोपणका लागि चाहिने शुल्क रकम तिर्न नसक्ने हुदा गुरुङको परिवार अप्ठ्यारोमा परेको छ । आर्थिक अभाव कै कारण गुरुङको मृगौला प्रत्यारोपण गर्न ढिलाई भैरहेकोले दानविर महानुभावलाई सहयोगका लागि परिवार र समाजले अनुरोध गरेको छ ।

सहयोग गर्नेहरुको लागि बैंक खाता:

Mega Bank Nepal Limited
Kalpana Gurung (Sister)
A/C: 0250050000431
Boudha Branch, Kathmandu
Mobile no. 9851208443
ङोलो ङोल्स्यो समाज, काठमाडौं कोषअध्यक्ष, राजाराम गुरुङ ९८६०५८६५२० (मामा) सहकोषअध्यक्ष, भिजन गुरुङ ९८४०२४६१३७ मलेसिया: नवराज गुरुङ +601 42787813 (मामा) दिल गुरुङ +601 112583496 कतार: युद्ध जङ गुरुङ +974 74764521