सिडियो, एसपी र ट्राफिक प्रमुख जब रडार गन लिएर नारायणगढ मुग्लिन सडकमा निस्कीएपछि…..

प्रकाश सिग्देल
चितवन, ३ असार ।

नारायणगढ मुग्लिन सडक खण्डमा टाईम काड लागु गरीने भएको छ । सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तिब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि त्यसको न्युनिकरणका लागी टाईम काडको व्यवस्था गर्नु पर्ने निष्र्कषमा जिल्ला चितवन प्रशासन कार्यालय चितवन पुगेको हो ।


चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मि प्रसाद बास्कोटा प्रहरी प्रमुख र ट्राफिक प्रमुख सहितको टोलिले सो सडकको अनुगमन समेत गरेको छ ।

अनुगमनका क्रममा सवारी चालक तथा स्थानियसंग भएको छलफलबाट टाईम काड लागु गर्नु पर्ने निष्कर्शमा पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो । सडकमा छेउमा सडक सुरक्षाका लागी गर्नु पर्ने कुनै खाले ब्यवस्था नभईसकेको र छेउसम्मै पिच गरिएकोले यात्रामा जोखिम समेत रहेकोले गति नियन्त्रणका लागी टाईम काडको ब्यवस्था गर्नु पर्ने उहाको तर्क छ ।


पहिलो तहको कालोपत्रे सकिएपछि जेठ २३ गतेबाट २४ अ‍ै घन्टा सडक सन्चालनमा आएको हो । सडक सन्चालनमा आएपछि साना सवारी साधनले २५ देखी ३५ मिनेटमा सो सडक पार गर्ने गरेका छन् ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सो सडकमा नियमित मापोसे र गति चेकिङ्गं गरिरहेको छ । राडर गनको माध्यामबाट सवारीको गति चेक गर्ने र तिब्र गतिमा गुडेका सवारी साधनलाई कारबाही गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताउनु भयो ।

सो सडकमा अधिक्तम ४० गति निर्धारण गरिएको छ ।
आईतबार पनि सोही सडकमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । असार लागेपछि प्रत्येक दिन दुर्घटना भएको छ । निमार्ण कम्पनिले सडक सुरक्षाका कुनै खाले प्रवन्ध गरेका छैन्न । आयोजनाले तेस्रो तहको कालोपत्रे यही आर्थिक वर्षभित्र सक्ने तयारी गरेको छ अनुगमनका क्रममा तिव्र गतिमा सवारी साधन चलाउने दश जना चालकलाई कारबाही समेत गरिएको छ ।