प्रचार प्रसारको अभावमा ओझेल पर्दै गोरखाको अकला मन्दिर

ईन्द्रमान परियार
आँबुखैरेनी, २३ वैशाख


गोर्खाको गोर्खा नगरपालिका १४ मा अवस्थित (साविक देउराली गाविस–१ को सिमामा पर्ने) अकला देवीको मन्दिर पर्याप्त प्रचार प्रसार र पूर्वाधारको कमीको कारणले ओझेलमाा परेको छ । पृथ्वी राजमार्ग नजिर्क रहेको मस्र्याङदी जल विद्युत् केन्द्र मार्कीचोकको ड्यामको वाधबाट मस्र्याङदी पार गरी सवारी साधानबाट करिब ३ किमीको कच्ची सडक पार गरेपछि पुग्न सकिने अकलादेवीको मन्दिर अत्यन्त रमणीय स्थानमा रहेको छ । चारै तिर होचा वनजङ्गलले भरिएको अग्ला पहाडहरु एवं पश्चिम उत्तर तर्फ हिम श्रृङ्खलाको दृश्यावोलोकन गर्न पाउँदा उक्त स्थानमा पुग्ने जो कोही लाई पनि आनन्दको अनुभुती प्राप्त हुन्छ । आनन्दको अनुभुती प्राप्त हुन्छ । ड्याममा रहेको बाँधको कारणले मस्र्याङ्गदी नदी ठूलो तालमा परिणत भएको हुदा हरेक आगन्तुकहरु डुङ्गा शयरको कल्पनामा डुब्न पुग्दछन् । मन्दिरको उत्तरतर्फ खोचमा रहेको खोलाले झनै सुन्तरता थपिएको छ ।

परापूर्व कालमा लमजुङ्गको उपर्लाङ्गकोटमा पहिरोमा परि मस्र्याङ्गदी नदीले बगाई ल्याएको अवस्थामा हालको मन्दिरको तल मस्र्याङ्गदी नदीमा वर्षायाममा वारपार भए पनि हिउँद याममा नदीको धार २ तिर बाडिने र बिचमा दोभान बन्ने गर्दा उक्त स्थानमा अड्किएर रहेको कुश तात्कालिन समयमा लमजुङ तिरबाट बसाईसराई गरी आई आरुचौर देउरालीमा बसोबार गरेको जयकृष्ण जैशी (पाण्डे) का पुर्खाहरुको सपनामा दर्शन प्राप्त भएपछि उक्त नदिको स्थानमा गइ हेर्दा अकलादेवीको शिला भेटिएपछि नदिकै किनारमा स्थापना गरी पुजा अर्चना गर्न सुरुवात गरेको जनुती रहेको मन्दिरका पुजारी भोजराज जैशी बताउछन् । माघे सक्रान्तीको दिन ठूलो मेला लाग्ने उक्त मन्दिरमा पहिले÷पहिले गुठी पंञ्चमी कार्तिक महिनामा पनि मेला लाग्ने गर्दथ्यो । सुरुवाती समयमा नदिकै किनारमा नै मन्दिर स्थापना गरिएको भएपनि मस्र्याङदी जलविद्यत् परियोजनाले बाँध निर्माण गर्ने जानकारी भएपछि उपल्लो खण्डमा सारिएको र सो खण्डमा पनि कुलोले कटान गरेको कारण २०४२ सालमा हालको स्थानमा पुजारीहरु लगायत स्थानीयबासीको सहयोगमा मन्दिर निर्माण गरिएको पुजारी जैशीले बताए । दैनिक जसो पूजा गरिने उक्त मन्दिरम बोका, हाँस, कुखुरा, परेवा, भेडा, राँगो बली दिईने र भाकलपूजा तथा पंञ्चबली पनि दिईने गरेको छ । वि. सं. २०५९ सालसम्म एकै ठाँउमा र हालको मन्दिरमा बलि दिईने गरेपनि त्यस पश्चात पशुवली दिने र नदिनेलार्य सहज बनाउनको लागि अलग्गै २ वटा बलि दिने मन्दिरको व्यवस्था गरिएको छ । जयकृष्ण जैशी(पाण्डे) का वंशजहरुले पूजारीको जिम्मेवारी सम्हाल्दै आएकोमा वि.सं. २००३ सालबाट सोहि वंशजका नहर्कीहरु वार्षिक रुपमा आलोपालो पूजारीको जिम्मेवारी सम्हाल्दै आएको पूजारी हरि नहर्कीले बताए ।

वि.सं. २०२४÷०२५ साल तिर तात्कालीन सत्रसय आँबुगाउँ पञ्चायतक प्रधानपञ्च मेजर नरबहादुर थापा र देउराली गाँउ पञ्चायत गोर्खाका प्रधानपञ्च परशुराम अधिकारीको सकृयतामा काठे पुल हाली अकला मन्दिरको माघे संक्रान्तीमा लाग्ने मेलामा सहभागी जनलाई सेवा पु¥याएको भुपू. सत्रसय आँबु गाँउपञ्चायतका प्रथम प्रधान पञ्चायत खगेन्द्र प्रसाद अधिकारी बताउछन् । अधिकारीका अनुसार ठुला–ठुला बाँसका भकारीमा ढुङ्गा हाली पिलरको रुप दिइ विचमा काठका लामा टिम्बाहरु प्रयोग गरी पूल हालेको जसको निरन्तरता करिब ३ वर्षसम्म चलेको जानकारी दिए । अत्यन्त रमणीय स्थलमा रहेको अकलादेवीको मन्दिरमा पूर्वाधार निर्माण र संरक्षणको अभावमा जिर्ण भएको देखिन्छ । फाहोर मैलाको व्यवस्थापन तथा खानेपानीको अभाव, आवश्यक सरसामानको सहजता प्रति ध्यान जान जरुरी देखिन्छ । अकला मन्दिर संरक्षण समिति र मस्र्याङ्गदी बाध अकला मन्दिर मर्यटन व्यवस्थापन केन्द्र नामक संस्थाहरु क्रियाशिल भएता पनि आवश्यक पूर्वाधारहरु निर्माण भएको पाईदैन अकला मन्दिर संरक्षण र पूर्वाधारयुक्त बनाउनकोलागि बृहद् रुपमा गुरुयोजना बनाउनु पर्ने गोर्खा न.पा.–१४ वडाध्यक्ष राम बहादुर खड्का बताउछन् ।